काठमाण्डू, २९ वैशाख– राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतङ्कवादीको जस्तै भएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती समेत दिएका छन । ‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’, शाहीको प्रश्न छ ।
उनले मानवीय संवेदनमा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोज नलाएको भनेर प्रश्न समेत गरेका छन । सुकुम्वासी हटाउने नाममा दुई नागरिकको ज्यान गएको भन्दै नागरिकको ज्यान बचाउने काम सरकारको होइन भन्दै प्रश्न गरेका छन ।