बादलको अभिव्यक्तिमा दुई सांसदको नियमापत्ति

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १६:२८ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा राखेको धारणामा दुई सांसदले नियमापत्ति गरेका छन् ।

आजको बैठकमा बादलले सेनाबारे गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै रास्वपा सांसद मनिष खनाल र राप्रसा सांसद खुश्बु ओलीले नियमापत्ति गरेका हुन् ।

उनीहरूले सेनाबारे बादलले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे । यस्तै सांसद खनालले जनताबाट अनुमोदिन रास्वपाबारे पनि बादलले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले रेकर्डबाट हटाउन माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us