रास्वपालाई प्रचण्डले भनेः तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १५:१२ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले एकल सरकार बनाएको रास्वपालाई आफ्नो विगतबारे जानकारी गराएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गराएका छन ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘०६४ सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ ।

हारभन्दा जित सहन गाह्रो हुन्छ, ‘करिब तपाईंहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन ।

इतिहासले भनेको छ, संख्या स्थायी हुँदैन ढुक्क हुनुस् । जनताको समर्थन पनि शसर्त हुन्छ उनले भनेजस्तो भएन भने भोलिपल्टै… । हामीबाट सिक्नुस् । यहाँ निषेध अपमान र प्रतिशोध होइन । विश्वास सहकार्यले प्राथमिकता पाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us