संसद्‌मा म निदाएको थिइनँ, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँः अर्थमन्त्री वाग्ले

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १३:३३ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन । आज (मंगलबार) बसेको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरु लाई अनुरोध समेत गरेका छन ।

‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो, (फोन उचाल्दै) माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर (फोन तल राख्दै) टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ, अर्थमन्त्री निदायो भनेर दसौं लाखलाई रमिता भएको छ आज,’ उनले भने, ‘त्यसैले जे देखिन्छ, त्यो सही नहुन पनि सक्छ, एकदम दूरगामी निष्कर्षमा पुगिनहाल्नु होला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us