एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाण्डु टुडे २०८३ वैशाख २९ गते १२:०५ मा प्रकाशित

काठमाण्डू, २९ वैशाख– एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् । अर्याल एमाले केन्द्रीय सचिव समेत हुन ।

एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिएका छन । यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us