एसईई परीक्षाको नजिता सार्वजनिक, करिब ६६ प्रतिशत ग्रेडेड

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते २२:२४ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख- यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार ६५.९८ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । २ लाख ८४ हजार १६० परीक्षार्थी ग्रेडेड भएका बोर्डने जनाएको छ । यस्तै १ लाख ४६ हजार ५ सय ७ जना ननग्रेडेड भएका छन् ।

गत वर्षको तुलनामा यो वर्ष ४ प्रतिशतको सुधार हो । ८ हजार ३ सय ९२ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।

३.२ देखि ३.६ जिपिए ल्याउने ८ हजार ३ सय ७२ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९४ हजार २ सय २२ जना, २.४ देखि २.८ जिपिए ल्याउने ५५ हजार ९ सय ७७ जना, २ देखि २.४ जिपिए ल्याउने ५ हजार १ सय ९० जना र १.६ देखि २ जिपिए ल्याउने ७ जना रहेको बोर्डले जनाएको छ ।

यो वर्ष सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न बोर्डलाई निर्देशन दिएको थियो । परीक्षा गत २९ वैशाखमा सकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us