नेपाली पानीको ‘ग्लोबल ब्रान्डिङ’ गरिने

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १८:०७ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सरकारले ०८७ सालसम्म देशका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पहुँचमा पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ ।

आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आव ०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत खानेपानी कार्यक्रम मार्फत यो लक्ष्य हासिल गरिने घोषणा गरेका हुन ।

उक्त लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी खानेपानीका आयोजनाहरू सञ्चालन गरिने सरकारको योजना छ । नागरिकले पिउने पानीको गुणस्तर सुनिश्चित गर्न देशभरि पानी परीक्षण प्रयोगशालाहरू स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, जलवायु परिवर्तनको असर न्यूनीकरण र पानीको स्रोत संरक्षणका लागि वर्षाको पानी संकलन तथा त्यसको दिगो व्यवस्थापनलाई समेत प्राथमिकता दिइने छ । यसपालि सरकारले नेपाली पानीलाई विश्व बजारमा निर्यात गर्ने नयाँ र विशेष रणनीति अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us