काठमाण्डू, २८ वैशाख– सरकारले ठूला रेलमार्ग निर्माण योजनालाई नीति तथा कार्यक्रमम समावेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई निरन्तरता दिइने जानकारी दिएका छन ।
केरुङ–काठमाण्डू तथा रक्सौल–काठमाण्डू रेलमार्गको लगानी मोडालिटी लगायत विषयमा अध्ययन अगाडि बढाइने उनले बताएका छन । दिगो र प्रतिस्पर्धी यातायात प्रणाली विकास गरिने समेत उनले बताए ।