बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ । समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने प्रबन्ध समेत मिलाइएको छ ।

सरकारको आर्थिक वर्ष ०८–र८४को नीति तथा कार्यक्रममार्फत् सो जानकारी दिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद बैठकमा सरकारको नीति तथा कार्यृक्रम प्रस्तुत गर्दै न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गरी निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिने जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us