उद्यमी र मध्यमवर्गीय परिवारको बोझ घटाइने

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १६:३८ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गरिरहेका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us