काठमाण्डू, २८ वैशाख– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् । उनले केहीबेरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । संयुक्त बैठक बस्नुअघि आजै दुवै सदनको छुट्टाछुट्टै बैठक बसेको थियो ।