मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन, १० जना पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १४:२६ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आज (सोमबार) ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनको क्रममा युवाहरू आयोगको कार्यालय तर्फ अघि बढ्न खोजेपछि प्रहरीले केही प्रदर्शनकारीहरूलाई पक्राउ समेत गरेको छ ।

प्रदर्शन गर्दै आयोगको कार्यालय तर्फ अघि बढ्न खोज्ने १० जना प्रदर्शनकारीलाई पक्राउ गरीएको ललितपुर प्रहरीका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।

प्रदर्शनमा उत्रिएका युवाहरूले मानव अधिकार किन चुप सरकारसँग भयो कि घुसपैठ रु, सत्य लुकाएर के पायौ, प्रतिवेदन किन लुकायौ, मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ? सरकार डरायो, प्रतिवेदन हरायो लेखिएका प्लेकार्ड बोकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us