प्रतिनिधिसभाको सुरुमा विपक्षी दलको अवरोध, सभामुखको आग्रहपछि अघि बढ्यो बैठक

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १४:२१ मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । केहीबेरबाट सुरु भएको प्रतिनिसभा बैठकको सुरुमै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए ।

आज (सोमबार)को प्रतिनिधि सभा बैठक सुरु हुनासाथ उनीहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले अवरोध हटाउन आग्रह गरेका थिए । उनले आकस्मिक समय निर्धारण भइसकेको भन्दै अवरोध नगर्न भनेका थिए । सभामुखको आग्रहपछि बैठक सञ्चालन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us