अदालतको आदेशपछि पनि डोजर चल्नु गलतः रवि लामिछाने

काठमाण्डु टुडे २०८३ वैशाख २८ गते १३:५० मा प्रकाशित

काठमाण्डू, २८ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको तर्क गरेका छन ।

आइतबार रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई यस्तो बताएका हुन । अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए ।

लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’ अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उनले भने, ‘त्यो गलत भयो, गलत भयो ।’

सर्वोच्च अदालतले सुकुमवासी बस्तीमा डोजर नचलाउन सरकारलाई शुक्रबार आदेश दिएको थियो । सुकुमवासी वस्तीमा डोजर चलाउँदा दुई जनाले आत्महत्या गरेको तर रास्वपा सभापतिले संवेदना नराखेको भन्दै पत्रकारले थप प्रश्न गरेका थिए । जवाफमा लामिछानेले भने, ‘म के भनिरहेको छु भने कोहि पनि घरबार विहिन हुनुपर्दैन ।

प्रक्रियामा यो भन्दा राम्रो हुन सक्थ्यो होला यो पनि मैले भनिसकेको छु । अन्तत गर्दा यसलाई समाधान त गर्नु पर्ला नि । अन्तिममा गन्तव्यमा पुग्दा कसैले पनि मलाई अन्याय परेछ भने भन्नु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us