बालेनलाई सुशीला कार्कीको प्रश्नः ओलीको विरोध गर भनेर मात्रै जनताले भोट दिएका हुन र ?

काठमाण्डु टुडे २०८३ वैशाख २७ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, २७ वैशाख– पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्ववतन्त्र पार्टी (रास्वपा)को एउटै अभियान भनेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध मात्रै भएको बताएकी छन ।

बाह्रखरी सँगको एक अन्तवार्ताको क्रममा पूर्व प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । रास्वपा र बालेको अभियान भनेको ओलीले जे गर्यो त्यसको विरोध मात्रै भएको भन्दै पूर्व प्रधानमन्त्री कार्की आक्रोस समेत व्यक्त गरेकी छन ।

  कार्कीले अन्तवार्ताको क्रममा भनेकी छन, ‘राष्ट्रिय स्वतन्त्र पार्टी प्लस बालेन जी जो आउनु भएको छ यसले एउटै कुराको अभियान गर्याे, त्यो एउटै कुराको अभियान भनेको चै ओलीको विरोध ।

अरु कुरामा छैन, सामाजिक परिवर्तन, राज्यका परिवर्तन, राज्यमा चै जनताले नोकरी पाउने, राज्यले प्रफेसन पाउने, राज्यमा चै भोका जनताले खान पाउने, नोकरी पाउने छैन ? उनको एउटै मात्र अभियान ओलीले जे गरेको थियो त्यसको विरोध मात्रै छ ।’ साथै पूर्व प्रधानमन्त्री कार्कीले ओलीको विरोध गर भनेर मात्रै जनताले भोट दिएको हो र ? भन्दै प्रश्न समेत गरेकी छन ।

उनले प्रश्न गर्दै भनेकी छन, ‘ ओलीले जाहाँ काहाँ जे काम गरेको छ त्यसको विरोध गर्ने हो ? त्यो भनेर जनताले भेट दिएका हुन र ?’ साथै पूर्व प्रधानमन्त्री कार्कीले पुराना दल (कांग्रेस एमाले)ले गल्ती गरेरै आज यो अवस्थामा आइपुगेको भन्दै त्यस्ता गल्दै सुधार गर्न समेत सुझाव दिएकी छन । साथै उनले अहिलेको सरकारको मिसन भनेको पहिलेको सरकारको गल्ती देखाउनु मात्रै भएको समेत बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us