फेरि कम्युनिस्ट एकताको आधार खोज्न बाध्य भएका छौंः प्रचण्ड

काठमाण्डु टुडे २०८३ वैशाख २७ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, २७ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको बताएका छन ।

आज (आइतबार) २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन । उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने पनि बताएका छन । प्रचण्डले भने, ‘हिजो यसो गर्‍यौं र त्यसो गर्‍यौं भनेर आजको आवश्यकता पूरा हुने अवस्था छैन ।’

साथै, उनले नयाँ शिराबाट विचारात्मक, राजनीतिक, सांगठनिक हरेक दृष्टिकोणबाट ल्याउने प्रयास पनि भइरहेको सम्बोधनका क्रममा भने । उनले भने, ‘कम्युनिस्ट आन्दोलनको ठूलो शक्तिलाई केन्द्रित गर्ने जमर्को पनि गर्‍यौं । त्यो पक्षमा धेरै क्रान्तिकारीले अनुमोदन गरे । जनताले पनि उत्साहका साथ अनुमोदन गरेको थियो ।

हामी निर्वाचनमा पनि झण्डै दुईतिहाइ बहुमतको नजिकै पुगेको थियो,’ प्रचण्डले सम्झना गरे । यसबाट नेपालका श्रमजिवी र कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा जनता पनि रहेको उनको भनाइ थियो । प्रचण्डले भने, ‘यसले के देखाउँछ भने नेपालका श्रमजीवि जनता कम्युनिस्टहरूबीच एकता होस् भन्ने पक्षमा छन् ।

ती प्रयास पनि लिडरसिपको तर्फबाट बेलामौकामा हुने गरेका छन् । तर त्यसलाई सुदृढ बनाउन जुन हिसाबको विकास हुनुपर्थ्यो त्यो पुगेको थिएन । पुगेन । परिणामतस् दिगो र सफल हुन सकेन ।’ एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको प्रचण्डको भनाइ थियो ।

‘कम्युनिस्ट आन्दोलनको एकताको आवश्यकता छैन भन्ने होइन । एकता र विभाजनको थुप्रै शृङ्खला हुँदै आजसम्म आएको छ, सच्चा कम्युनिस्टको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको छ,’ प्रचण्डले भने ।

अहिले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढे र देश अप्ठेरो अवस्थामा आइपुगेको प्रचण्डको भनाइ छ । ‘कम्युनिस्टलाई सखाप पार्ने जुन खेल भएका छन्, त्यो अझै सतहमा आएका छैनन् भन्ने मेरो बmुझाइ छ,’ प्रचण्डले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us