काठमाण्डू, २७ वैशाख– धनुषाको ढल्केबरमा सुकुमवासीहरूले प्रदर्शन गरेका छन । सुकुमवासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा ढल्केबरमा विरोध प्रदर्शन गरेका हुन ।
उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका उनीहरु ढल्केबरको पार्कमा कोणसभा गरेका छन् ।
कोणसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गरे । बसिरहेको जग्गाकै लालपुर्जा वितरण गर्न उनको माग छ ।