धनुषामा २ बस ठोक्किए, १७ जना घाइते

काठमाण्डु टुडे २०८३ वैशाख २७ गते १३:२३ मा प्रकाशित

काठमाण्डू, २७ वैशाख– धनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन । आज (आतबार) बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउड नजिकै काठमाण्डूबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको (काठमाण्डूबाट–काँकडभिट्टाका लागि गुडेको) बसले ठक्कर दिएपछि दर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

ओभरटेक गर्ने क्रममा ठोक्किँदा दुवै बस पल्टिएका थिए । बसमा ३३ यात्रु रहेकोमा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । बा.प्र.०१–००६ ख ५२३७ न.को बसमा सवार यात्रुहरु घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।

सो बस प्रहरी चौकी लालगढको नियन्त्रणमा रहेको छ । घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा लगि उपचार भइरहेको प्रहरीले जनाएको छ । प्र१–०१–००१ ख ४२२४ न.को बसमा भने ठूलो क्षति नभएकोले गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us