काठमाण्डू, २५ वैशाख– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छन् ।
पुरानो गाडी पटकपटक बिग्रिने र इन्धन अत्याधिक खपत हुने भएका कारण फिर्ता गरिएको उनको सचिवालयका एक सहयोगीले बताए ।
कार्की जेनजी आनदोलनपछि २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
उनको नेतृत्वमा २१ फागुनमा निर्वाचन सम्पन्न भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह १३ चैतमा प्रधानमन्त्री बनेपछि कार्की घर गएकी थिइन् ।
श्रोतका अनुसार कार्कीले आफूलाई नयाँ गाडी माग गरेकी छन् ।