जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली भेटियो

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले भेटाएको छ । नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा गोली फेला परेको हो ।

जेनजी आन्दोलनमा हराएको एसएलआरको २३१ राउन्ड र ३०३ को २४ राउन्ड गोली फेला परेको हो । अहिले उक्त गोली एलाका प्रहरी कार्यालय बनेपामा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us