काठमाण्डू, २५ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी वाचापत्रअनुसार नै विद्यार्थी संगठन खारेज गरिएको बताएका छन ।
आज (शुक्रबार) सिंहदरबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले यस्तो बताएका हुन । उनले रास्वपाको वाचापत्र निर्वाचनमार्फत जनताबाट अनुमोदन भएको र सोही अनुसार विद्यार्थी संगठन खारेज गरेको समेत बताएका छन ।
जनताको अनुमोदनअनुसार नै विद्यार्थी संगठन खारेज भएकालेले त्यो विषयमा थप बहस आवश्यक नभएको समेत उनले बताए । अर्को प्रसंगमा उनले विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख गर्दै उक्त विषयमा नगरपालिका संघ, गाउँपालिका महासंघका पदाधिकारी र उपत्यका मेयर्स फोरमका प्रतिनिधिसँग छलफल भएको समेत बताएका छन ।
उनले भने, ‘तोकिएको मापदण्ड र नियमको कार्यान्वयनका लागि सङ्घ सरकारको कुनै मद्धत चाहिएमा हामी तयार छौँ, ‘तर यो मूलतस् स्थानीय तहको दायित्वको कुरा हो । नियमन गर्ने निकायले आफ्नो तर्फबाट काम गर्नुपर्छ ।’