जनता तर्साएर घर भत्काउनु अमानवीय कार्य होः कांग्रेस नेता महर

काठमाण्डु टुडे २०८३ वैशाख २५ गते १५:४० मा प्रकाशित

काठमाण्डू, २५ वैशाख– कांग्रेसका नेता नैनसिंह महरले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य सरकारले रोक्नु पर्ने बताएका छन । आज (शुक्रबार) नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले यस्तो बताउका हुन ।

उनले देशका लागि जमिन र जनता उत्तिकै आवश्यक भए पनि सरकार जनजीविकाप्रति गैह्रसंवेनशील देखिन थालेको पनि बताएका छन । नेता महरले संसद् अधिवेशनबाट भागेर अध्यादेशमार्फत् शासन चलाउने कुराले संसद्को सर्वोच्चतामाथि सरकारले धावा बोल्न खोजेको आरोप समेत लगाएका छन ।

उनले शक्ति सन्तुलनको अवधारणाविपरित कार्यपालिकाबाट न्यायालयको परम्परा र स्वतन्त्रतामाथि अंकुश लगाउने खेलको सुरूवात भएको पनि बताएका छन ।

पार्टीको आन्तरिक राजनीतिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महरले आफू गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरित कांग्रेस निर्माणको पक्षमा रहेको बताए ।

उनले अबको कांग्रेस लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको रक्षामा थप खरो रूपमा उत्रिनुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us