काठमाण्डू, २४ वैशाख– पूर्व मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध ३ अर्ब भन्दा बढी विगो मागदाबी भएको छ ।