धादिङमा भूकम्पको धक्का महसुस

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते १५:४५ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (बिहिबार) ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीले जानकारी दिएका छन । भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us