जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते १४:५७ मा प्रकाशित

काठमाण्डू, २४ वैशाख– प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका–७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धीरज भन्ने मोतिधन राईलाई मंगलबार पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाण्डूको २०७६ असोज १ गतेको फैसलाले उनीमाथि जन्मकैद सजाय सुनाएको थियो । कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा रहेकोका उनी गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भागेका थिए ।

फरार रहेका उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका–७ शिखरपुरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us