काठमाण्डू, २४ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति व्यक्त गरका छन ।
सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै पनि गल्ती नगरेको र अलिकति पनि डर नभएको पनि उनले बताएका छन । सञ्चारमन्त्री हुँदा उनले स्मार्ट टेलिकमको अर्बौं रकम रकम हिनामिना गरेको भन्दै समाचारहरू प्रकाशित भएको थियो ।
तर, उनले आफूले उक्त गल्ती नगरेको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरूलाई अनुरोध समेत गरेका छन । उनले भनेका छन, ‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ ।
मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ ।’ सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री रहेका खरेल हाल रास्वपाका सांसद छन् । उनी ललितपुर–२ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
उनले आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार भएको भन्दै चरित्र र राजनीतिक भविष्यमाथि प्रहार नगर्न अनुरोध समेत गरेका छन । साथै, आफूले कानुनी उपचार खोज्ने पनि उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।