इलाको रोङ गाउँपालिकाले १ हजार ७ सय अव्यवस्थित बसोबासीलाई जग्गा दिने

काठमाण्डु टुडे २०८३ वैशाख २४ गते ८:४२ मा प्रकाशित

इलाम, २४ वैशाख- इलामको रोङ गाउँपालिकाले अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा वितरणको काम अघि बढाएको छ ।

गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पालिकाका १ हजार ८ सय ५७ अव्यवस्थित घरपरिवार रहेको बताए ।
हालसम्म १ सय ५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको जानकारी उनले दिए । बाँकीलाई प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

‘लगत संकलन, प्रमाणीकरण र नक्सांकनको कार्य सकिएको र धनी पूर्जा वितरणको तयारी अन्तिम चरणमा रहेकाले अव्यवस्थित बसोबासीलाई जबर्जस्ती हटाइने भन्ने हल्ला निराधार भएको उल्लेख गरे ।
संघीय सरकारले भूमि आयोग विघटन गरेपछि नयाँ आयोग गठन प्रक्रियाका कारण केही ढिलाइ हुनसक्ने भन्दै गाउँपालिकाले प्रमाणपत्र पाउन बाँकी नागरिकलाई धैयै गर्न भनेको छ ।
पालिकाले सूचना जारी गर्दै मापदण्ड पुगेका ऐलानी तथा अन्य जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउने वा संरचना भत्काउने कुनै योजना नभएकाले सामाजिक सञ्जालका भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us