काठमाण्डू, २३ वैशाख– नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए । यसअघि कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य थिए ।
उनी सरकारले ल्याएकोसार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम स्वतस् पदमुक्तमा परेका थिए ।