संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा कांग्रेसले संसद्‌मा विमति राख्ने

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते १६:२४ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि संसद् बैठकमा विमति राख्ने भएको छ ।

आज (बुधबार) सिंहदरबारमा बसेको संसदीय दल बैठकले सरकारले ल्याएको संवैधानिक अध्यादेशमाथि विमति राख्ने निर्णय गरेको प्रमुख समेचत वासना थापाले जानकारी दिएकी छन ।

उनले भनिन्, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा हामी विमति राख्नेछौं । संसद्मा आफूहरूको विमतिपछि सरकार कसरी अघि बढ्छ भन्ने कुराबाट आगामी रणनीति तय हुने पनि उनले बताएकी छन ।

उनले भनिन् ‘हामीले राखेपछि उहाँहरूले कसरी लिनुहुन्छ, त्यसपछि अघि बढ्छ ।’ साथै, सार्वजनिक खरिद र सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी सरकारले ल्याएका अध्यादेशबारे पनि आजको बैठकमा छलफल भएको पनि उनले बताएकी छन् । त्यसबारे पनि आफूहरूको धारणा संसद्मा राख्ने पनि उनले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us