राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते १५:०४ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । २१ वैशाखदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएका कारण सेवा आंशिक रूपमा अवरुद्ध भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको छ ।

विभागले बुधबार विज्ञप्ति जारी गर्दै यसको मर्मत कार्य जारी रहेकोले उक्त कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले भ्यालिडेट सेवा अवरुद्ध हुने जनाएको छ ।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र विवरण सच्याउने, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त एनआईएन जेनेरेट हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु सेवा र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाल एनआईडीएमआईएससँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू अवरुद्ध हुनेछन् ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरी प्रणालीबाट पहिले भ्यालिडेट भएकाहरूको हकमा राष्ट्रिय परिचयपत्रसँग आबद्ध भएका सेवाहरू भने सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us