गगन–विश्व र पूर्णबहादुरबीच भेटवार्ता

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते १४:४७ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सभापति थापा खड्कासँग भेट गर्न उनको गल्फुटारस्थित निवास पुगेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

सभापति थापा बिहान ११ बजे उपसभापति विश्वप्रकाश शर्माका साथ खड्का निवास पुगेका थिए । उनीहरू बीच साढे १ घण्टा कुराकानी भएको स्रोतले जानकारी दिएको छ । यसअघि मंगलबार बेलुकी हुने भनिएको नेतात्रयबीचको भेटघाट अन्तिम समयमा स्थगित भएको थियो ।

त्यसअघि सभापति थापाल् बिहान नेता डा. शेखर कोइरालासँग भेट गरेका थिए । सभापति थापाले ६ वैशाखमा पनि गल्फुटार पुगेर निवर्तमान कार्यवाहक सभापति खड्कासँग भेटघाट गरेका थिए । दुई नेताबीच भएको भेटवार्ताबारे अहिलेसम्म केही खुलाइएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us