वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते १४:३० मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– वीर अस्पतालका निर्देशक डा।दिलीप शर्माले पदबाट राजीनामा दिएका छन । अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले आफै राजीनामा दिएका हुन् ।

हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर आफूले राजीनामा बुझाएको डा.शर्माले जानकारी दिएका छन । अन्य पदाधिकारीले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनले बताए ।

‘मेरो कार्यकाल पनि धेरै बाँकी छैन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ’ डा.शर्माले भने । स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा.शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । शर्माले राजीनामा दिएपछि वीर अस्पताल पदाधिकारीविहीन भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us