काठमाण्डू, २३ वैशाख– संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘काठमाण्डू उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक–फरक आश्रय केन्द्रहरुमा (होल्डिङ सेन्टर) रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले सम्बन्धित स्थलको स्थलगत अवलोकन गर्ने’ समितिको निर्णय छ ।
गत सोमबार समितिको बैठकमा यो विषयमा छलफल भएको थियो । सांसदहरूले सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको अवलोकन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।