सांसद्हरूलाई सभापति थापाले प्रशिक्षण दिने

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते ११:३४ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– कांग्रेसका सभापति गगन थापाले पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन ।

आज (बुधबार) बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सभापति थापाले प्रशक्षिण दिने एक नेताले जानकारी दिए ।

दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका छन् । ‘संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे दलको बैठकमा सभापति गगन थापाले सांसदहरूलाई फेसिलिटेट गर्नु हुन्छ,’ नेता आङ्देम्बेको सचिवालयले भन्यो ।

सचिवालयका अनुसार बैठकमा अध्यादेश र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘स्ट्यान्ड’ बारे छलफल हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us