धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

काठमाण्डु टुडे २०८३ वैशाख २३ गते ११:२७ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन । मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको र उद्धारको लागि वन कार्यालय तथा सुरक्षाकर्मी टोलि पुगेको जान लागेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us