स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख २२ गते ११:४७ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको हो ।

उनलाई सोमबार काठमाण्डू महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । हाल स्मार्ट टेलिकम बन्द रहेको छ ।

नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतस्रद्द भएको थियो । उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us