संघीय संसद्को अधिवेशन आह्वानको विषय भोलि टुंगिन्छः सभामुख

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले संघीय संसद्को अधिवेशन कहिले आह्वान हुन्छ भन्ने विषय भोलि टुंगिने बताएका छन् ।

आज (सोमबार) सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठकमा सभामुख अर्यालले यसबारे जानकारी गराएका हुन ।

उनले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान हुने बताएका छन बैठकमा सहभागी एमाले सचेतक निता घतानीले बैठकमा सभामुख अर्यालले भोलि बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वानको मिति टुंग्याउने जानकारी गराएको बताइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ९ गते वैशाख १७ गते दिउँसो २ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यसको अर्को दिन सरकारले पत्र पठाएपछि राष्ट्रपति पौडेलले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अधिवेशन स्थगित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us