काठमाण्डू, २० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । रास्वपाको पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक एवं सांगठानिक गतिविधिबारे छलफल हुने एक नेताले जानकारी दिएका छन ।
प्रवक्ता मनिष झाका अनुसार बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।