होल्डिङ सेन्टरका बालबालिकालाई छिटो विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाण्डु टुडे २०८३ वैशाख २० गते १३:२० मा प्रकाशित

काठमाण्डू, २० वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले होल्डिङ सेन्टरमा रहेका सुकुमवासी बस्तीका बालबालिकालाई विद्यालय जाने वातवरण बनाउन अनुरोध गरेकी छन ।

कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन । रास्वपा सांसद तमाङले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘बालबच्चाहरूको विद्यालय छुटेको र धेरै बालबालिकाहरूको नयाँ भर्ना सेसन छुटेको गुनासो गर्नुभएको छ ।

बालबालिकाको विद्यालय छिटोभन्दा छिटो जान व्यवस्था मिलाउनु हुन सरकार समक्ष ध्यानआकर्षण गराउन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us