नीशा अधिकारीको मागः गृहमन्त्री रञ्जु दर्शनालाई बनाइयोस्

काठमाण्डु टुडे २०८३ वैशाख १५ गते ९:४९ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) की नेतृ नीशा अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनालाई गृहमन्त्री बनाउन माग गरेकी छन ।

नेतृ अधिकारीले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीबाट सुधन गुरुङ बाहिरिएपछि सो पदमा रञ्जु दर्शना उपयुक्त पात्र हुने दाबी गरेकी छन । अधिकारीले अहिले चर्चामा रहेका अन्य नाम (अमरेश कुमार सिंह, विश्वराज पोखरेल, मनिष झा, राजुनाथ पाण्डे, गोविन्द पन्थी र दीपक बोहरा) हरूमा आफ्नो असहमति रहेको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘गृहमन्त्री रञ्जु दर्शनालाई बनाइयोस् । उहाँमा आँट छ र न्याय दिलाउन चुक्नु हुँदैन भन्ने विश्वास छ।’ उनले अगाडि लेखेकी छिन, ‘जनताले खोजेको जस्तो मिलेर आउने काम रञ्जुजीहरूबाट सुरु भएको हो। उनी पहिलो महिला गृहमन्त्री मात्र होइन, अब्बल गृहमन्त्री बन्न सक्छिन् र नागरिकले खोजेको जस्तो आँट र त्याग देखाउन सक्छिन् ।’

नेतृ अधिकारीले तयारीबिना सुकुम्बासी बस्ती भत्काएको भन्दै सरकारको आलोचना गरेकी छन् । साथै, उनले क्रिकेट र विकासका योजनाहरूमा सरकारले अपनाएको शैलीप्रति पनि कडा आलोचना गरेकी छिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us