काठमाण्डू, १४ वैशाख– कांग्रेसका सभापति गगन थापाले पार्टीको संसदीय दलको नेता चयनमा परिपक्वको निर्णय गर्न र पार्टीभित्र सहमति जुटाउन समय लागेको बताएका छन ।
आज (सोमबार) सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा नेता भीष्मराज आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति थापाले यस्तो बताएका हुन ।
कांग्रेस सभापति थापाले भने, ‘बाहिर तपाईंहरु दलको नेता चयन गर्न ढिलाइ भयो भनिरहनु भएको थियो । हामी भने सहमतिमा परिपक्को निर्णय गर्न प्रयास गरिरहेका थियौँ । त्यसैले केही ढिला भयो, तर परिपक्व नेतालाई दलको नेता बनाएका छौँ,सहमतिमा निर्णय गरेका छौँ ।’
आकांक्षीहरुलाई मनाएर सर्वसम्मत निर्णय गरेर पार्टीमा एकता कायम गरेको पनि बताए। आङदेम्बेप्रति पार्टीको केन्द्रीय समिति र बाहिर रहेका अधिकांश नेताहरूको पनि सहानुभूति रहेको बताए । उनले एक ढिक्का भएर अगाडि बढिने पनि बताएका छन ।