शोभा पाठकलाई अस्पताल पठाइयो, अम्बिका बस्नेत प्रहरी परिसरमा

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– काठमाण्डूको माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।

पाठकलाई उपचारको लागि वीर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले जानकारी दिएका छन । हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहितका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीसहित ७ जना अहिले प्रहरी परिसर भद्रकालीमा रहेको प्रहरीले जनाएको छ । पाठकले एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाही हुनुपर्ने माग गर्दै आएकी छिन् ।

अहिले भने पाठक विवादमा आएपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङलाई पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us