
गोरखा, २० असोज- गोरखाको पर्यटकीय गाउँ लाप्राकको पुरानो बस्तीका घरमा लगाइएको जस्ता (टिन) को छानो हटाएर ढुङ्गाको छानो राख्ने निर्णय भएको छ ।
गाविसस्तरीय राजनीतिक दल, समाजसेवी, नागरिक समाज, बुद्धिजीवी, पर्यटन व्यवसायीको हालै बसेको बैठकले जस्ताले छाएका घरहरुको छानो हटाएर अनिवार्य ढुङ्गा लगाउने निर्णय गरेको हो ।
फ्रान्सको एक संस्थाको समन्वयमा ‘लाप्राकको साथी’ नामक अभियानअन्तर्गत लाप्राकको पुरानो बस्तीमा ढुङ्गाको छानो राख्ने निर्णय भएको लाप्राकका पूर्व गाविस अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
ढुङ्गाको छानो हटाएर जस्ताले घरको छानो छाएपछि पर्यटकीय गाउँ कुरुप हुँदै गएको भन्दै गाउँलेले पुरानो संरचनालाई यथावत् राख्न घरमा अनिवार्य ढुङ्गाले छाउनुपर्ने निर्णय गरेको गुरुङले बताउनुभयो ।
फ्रान्सको लाप्राकको साथी नामक संस्थाले घर छाउन आर्थिक सहयोग गर्ने गुरुङको भनाइ छ ।
सरकारद्वारा गत आर्थिक वर्षमा १० अर्ब २९ करोड रुपैयाँ बराबरका विभिन्न किसिमका वचतपत्रहरु निष्काशन÷९ अर्ब रुपैयाँ विकास ऋणपत्र जारी
सरकारले गत आर्थिक वर्षमा १० अर्ब २९ करोड रुपैयाँ बराबरका विभिन्न किसिमका वचतपत्र निष्काशन गरेको छ । गत आर्थिक वर्ष २०७०÷०७१ मा सरकारले दुई पटक गरि ९ अर्ब रुपैयाँ विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै पाँच वर्षका लागि ३ अर्ब र ७ वर्षका लागि ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको छ । त्यसैगरी ५ वर्षका लागि ९० करोड ६५ लाख रुपैयाँको राष्ट्रिय बचतपत्र र ७ वर्षका लागि ७ करोड ६४ लाख रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्कशन गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।