काठमाण्डू, १४ वैशाख– नेपाली सेनाले सुत्केरी व्यथाले समस्या परेकी महिलाको उद्धार गरेको छ । ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले उद्धार गरेको हो ।
ढोरपाटन–८ देवीथान निवास महिलालाई उद्दार गरी उपचारका लागि सेनाले ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीसम्म पुर्याएको छ ।