काठमाण्डू, १४ वैशाख– आज (सोमबार) मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची रहेको छ । साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।