काठमाण्डूको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो

काठमाण्डु टुडे २०८३ वैशाख १० गते ११:४९ मा प्रकाशित

काठमाण्डू, १० वैशाख– संघीय राजधानी काठमाण्डूको वायु प्रदूषण ‘अति अस्वस्थकर’तहमा पुगेको छ । बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ छ ।

जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । काठमाण्डू विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा परेको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ ।

त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us