काठमाण्डू, ९ वैशाख– म्याग्दीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षीय सुदिप किसान रहेका छन । बेनी नगरपालिका ३ राखुस्थित छहारी कोलधारा सामुदायिक वनको मुख्ले भीरबाट लडेर २० वर्षीय सुदिप किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जानकारी दिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको । मंगलबार राती वनमा पुगेका उनको लडेर मृत्यु भएको म्याग्दी प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीमा राखिएको छ ।