कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति गगन थापा सहभागी

काठमाण्डु टुडे २०८३ वैशाख ९ गते १०:२५ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– आज (बुधबार) कांग्रेसले कोशी प्रदेशको विराटनगरमा निर्वाचन समीक्षा कार्यक्रम गर्दैछ । आजको कार्यक्रममा सभापति गगन कुमार थापासहितका नेताहरु सहभागी हुने सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन्

पूर्वनिर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः ५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्ने र बिहान १०ः ३० बजेदेखि समीक्षा कार्यक्रम सुरु गर्ने तयारी गरिएको पार्टीकी सहमहामन्त्री डा. डिला संग्रौलाले जानकारी दिइन् ।

पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो । कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री संग्रौलाले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us