काठमाण्डू, ८ वैशाख– बिचौलियाहरुसँगको शंकास्पद साझेदारी र सम्पत्ति विवरण विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन ।
उनी सभापति भेट्न दिउँसो १ बजे बूढानीलकण्ठ नजिकैको इटालीटारस्थित लामिछाने निवास पुगेको रास्वपा स्रोतले जानकारी दिएको छ । हिजो बेलुकी पौने ७ बजेदेखि राति साढे १० बजेसम्म प्रधानमन्त्री बालेन्द्र शाह र लामिछानेबीच पनि सोही निवासमा कुराकानी भएको थियो ।
आज गृहमन्त्री जानुअघि रास्वपा सांसद अमरेशकुमार सिंहले रविसँग भेट गरेको बताइन्छ । साढे १२ बजे त्यहाँ पुगेका सिंह १५ मीनेट कुराकानी गरेर बाहिरिएका थिए । सिंह बाहिरिएको १५ मीनेटपछि गुरुङ पुगेका हुन् ।