काठमाण्डू, ८ वैशाख– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन । आज (मंगलबार) दिउँसो साढे ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उनले जानकारी दिए । बैठकको एजेन्डा भने खुलाइएको छैन ।